सिरहामा जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न


मुकेश यादव

लहान, १५ कार्तिक। सिरहाको बरियारपट्टीमा जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ।

बरियारपट्टी गाउँपालिका वडा नम्बर ३ जनता मध्यमिक विद्यालय प्राविधिकधारको प्राङ्गणमा एक दिने जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ। दस वर्ष देखि जनता माध्यमिक विद्यालयको भुपु विद्यार्थीहरुले हाजिरी जवाफ प्रतियोगिता गर्दै आएको छ ।

कार्यक्रमको प्रमुख अतिथि प्रदेश २ को आर्थिक मामिला तथा योजना मन्त्री बिजय कुमार यादव र अतिथि बरियारपट्टी गाउँपालिका अध्यक्ष संतोष कुमार महतो रहेको थियो ।

त्यस्तै उपाध्यक्ष रेखा यादव , जिबछ यादव, रामकिशोर यादब, रामगुलाम यादब, लालबिर यादव, दिलिप यादब, रामचन्द्र यादव, राजिन्द्र यादव , बिनोद यादब, बिरवल यादव, शिक्षक , स्थानीय , विद्यार्थी , पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको अध्यक्षता जनता माध्यमिक विद्यालयको भुपु विद्यार्थी मंन्चको अध्यक्ष धनेश्वर यादवले गरेको थिए ।

प्रकाशित : २०७६ कार्तिक १५, शुक्रबार १३:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ