माछा उत्पादन गर्न किसानलाई तालिम


लहान । मत्स्य विकास केन्द्र लहानले किसानहरुलाई व्यवसायिक माछा उत्पादन सम्बन्धि तालिम दिएको छ । सिरहाको नवराजपुर गाउँपालिका १ तामासुईया आडिएस पोखरीको डिलमा मत्स्य विकास केन्द्र लहानद्धारा एक दिने घुम्ती स्थलगत तालिम प्रदान गरियो ।

तालिममा समयमा माछा वृद्धी नहुने,माछा मर्ने,पोखरीमा पानी सुक्ने,झारपात नियन्त्रण,प्रति कट्टा पोखरीमा कति माछाको भुरा राख्ने र माछामा लाग्ने रोग नियन्त्रण कसरी गर्ने विषयमा किसानहरुले जिज्ञासा राखेका थिए ।

घुम्ती स्थलगत तालिममा मत्स्य विकास केन्द्र लहानका प्रमुख विकास कुमार साहले व्यवसायिक माछा उत्पादनमा हुने समस्या र फाईदा सम्बन्धि किसानहरुलाई जानकारी गराए ।
प्रमुख साहले व्यवसायिक माछा उत्पादन सम्बन्धि प्रयोगात्मक प्रकाश पार्दै पोखरीमा मलको अभाव सम्बन्धि प्रयोगात्मक समेत गराईएको थियो ।

घुम्ती स्थलगत तालिममा वडाध्यक्ष नविन कुमार यादव र माछा उत्पादन गर्ने किसानहरु सहभागी थिए ।

प्रकाशित : २०८१ कार्तिक ६, मंगलवार ०९:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ