काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टी (जसपा) नेपाल सत्ताको लोभमा अध्यादेशको पक्षमा नजाने दाबी गरेका छन् ।
सोमबार जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले जसपा नेपाल आफ्ना अडान र मुद्दाहरू छाडेर सरकारमा जान्छ जस्तो नलागेको बताएका हुन् ।
‘विधि प्रक्रियासम्बन्धी विषयमा अहिलेसम्म उहाँहरू (जसपा नेपाल) अडिनुभएको छ । आफ्नो मुद्दालाई नै छाडेर सरकारमा जानुहुन्छ जस्तो मलाई लाग्दैन,’ उनले भने, ‘हुन त निर्णय उहाँहरूले गर्नै बाँकी छ। बैठकबाट निर्णय गर्नुहोला । यदि उहाँहरूले आफ्नो अडान छाड्नु भएन भने राष्ट्रिय सभाबाट अध्यादेश पारित नहुने स्थिति बन्दैछ ।’