काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा बसेको संसदीय दलको बैठकले भूमि सम्बन्धी अध्यादेशमा समर्थन नगर्ने निर्णय गरेको उपाध्यक्ष राजकिशोर यादवले जानकारी दिए ।
भूमिसम्बन्धी अध्यादेश दीर्घकालीन रूपमा मुलुकको हितमा नभएको निष्कर्षसहित अन्य ५ अध्यादेश सरकारले ल्याइसकेको भएकाले आवश्यक छलफल गरेर समर्थन गर्ने निर्णय भएको बताए ।
जसपा नेपाल सरकारले ल्याएको अध्यादेश राष्ट्रियसभाबाट पारित गर्ने निर्णायक हो। जसपा नेपाल विपक्षमा उभिएपछि सरकारले ल्याएको भूमि अध्यादेश पारित नहुने भएको छ ।
सरकारले सहयोग मागेपछि जसपा नेपालले उपाध्यक्ष यादवको नेतृत्वमा कार्यदल बनाएर अध्ययन गरेको थियो ।