खुट्टी नहर संयुक्त संघर्ष समितिलाई वार्तामा आउन लहान नगरप्रमुख चौधरीको आह्वान


सिरहा । लहान नगरपालिकाका नगरप्रमुख महेश चौधरीले खुट्टी नहर संयुक्त संघर्ष समितिलाई वार्तामा आउन आह्वान गरेका छन् ।

नगरप्रमुख चौधरीले पत्रकार सम्मेलन गरी आन्दोलनरत संघर्ष समितिलाई बार्तामा आउन आह्वान गरेका हुन् । उनले जुनसुकै कठिन विवाद र मतभेदको समाधान वार्ताबाट नै सम्भव रहेको उल्लेख गरे ।

खुट्टी नहरलाई मास्नेगरी संरचना निर्माण गर्न लागेको भन्दै लामो समयदेखि स्थानीय किसान संघर्ष समिति गठन गरी आन्दोलनरत छन् । आन्दोलनरत पक्षले अदालतमा मुद्दा समेत दायर गरेका छन् ।

उच्च अदालतमा विचाराधीन रहेको उक्त मुद्दाको अगामी सुनुवाई फाल्गुन २१ मा रहेको र मुद्दाको किनारा नलागेसम्म निर्माण कार्य स्थगित राख्ने पनि नगरप्रमुख चौधरीले बताएका छन् ।

नगरप्रमुख चौधरीले जारी गरेको विज्ञप्ती हेर्नुहास् :

प्रकाशित : २०८१ फाल्गुन १०, शनिबार २२:१०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ