सिरहाको मिर्चैया र धनगढीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु


लहान । सिरहाको मिर्चैया र धनगढीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यू भएको छ ।

मिर्चैया नगरपालिका ७ स्थित राजमार्गमा राकिराखेको प्र २–०१–००१ ख ००३६ नम्बरको ट्रकमा कटारीबाट मिर्चैयातर्फ आइरहेको प्र ३–०१–०२२ च ८७६४ नम्बरको पिकअप ठोक्किदा एक जनाको मृत्यू भएको हो । मृत्यू हुनमा दुधौली नगरपालिका १४ का २७ वर्षीय मिलन सुनार छन् ।

मृतक सुनार पिकअपको सहचालक रहेको प्रहरीले जनाएको छ । सो गाडीका चालक दुधौली नगरपालिका १४ कै सागर सुनार गम्भीर घाइते छन् ।

यस्तै धनगढीमाई नगरपालिका १० स्थित पूर्वपश्चिम राजमार्गमा कसहाबाट लहानतर्फ जाँदै गरेको प्र २–०१–००१ ख ०१२१ नम्बरको टिपरले पछाडिबाट प्रदेश २–०३–०१६ प ०८३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मिर्चैया नगरपालिका(५ का ५७ वर्षीय अजबलाल साहको मृत्यु भएको छ ।

प्रहरीका अनुसार घटनास्थलमा गम्भीर घाइते भएका साहलाई उपचारका लागि लहानस्थित प्रादेशिक अस्पताल लगेकोमा उनलाई अस्पतालले मृत घोषणा गरेको थियो ।

प्रकाशित : २०८१ फाल्गुन ११, आईतवार १५:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ