कुलमानलाई बर्खास्त गर्न मन्त्रिपरिषद् बैठकमा ऊर्जामन्त्री खड्काको प्रस्ताव


काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको छ ।

ऊर्जामन्त्री दिपक खड्काले प्राधिकरणका निर्देशक घिसिङलाई बर्खास्त गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगेका हुन् । स्रोतका अनुसार मन्त्री खड्काले मन्त्रिपरिषद्मा प्रस्ताव दर्ता गराइसकेको र सम्भवतः सोमबार बर्खास्त गर्ने निर्णय हुनेछ ।

आफूलाई हटाउने षड्यन्त्र भइरहेको जानकारी पाएपछि कुलमानले आफ्नो भारत भ्रमण स्थगित गरिसकेका छन् । कुलमान नेकपा माओवादी केन्द्र निकट रहेकै कारण उनलाई पदबाट हटाउन लागेको हल्ला यसअघि पनि पटक पटक चलेको थियो ।

प्रकाशित : 24 February 2025 8:32 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !