महाशिवरात्रि- पशुपतिमा साँझ ७ बजेदेखि विशेष पूजा, सहभागी हुन १५ हजार १ सय तिर्नुपर्ने !


काठमाडौं । आज महाशिवरात्रि । पशुपतिनाथमा साँझ ७ बजेदेखि महाशिवरात्रि विशेष पूजा हुने भएको छ । विशेष पूजा गर्न १५ हजार १ सय रुपैया तिर्नुपर्ने हुन्छ ।

पशुपति क्षेत्र विकास कोषका परिषद सदस् एवं प्रचार-प्रचार उपसमितिका संयोजक राजकुमार खत्रीले विशेष पूजा गर्न १५ हजार १ सय रुपैयाँ तिर्नुपर्ने जानकारी दिए । उनका अनुसार रुपैया तिरेका भक्तजनले लाइन बस्नुपर्दैन् । बिना लाइन १ घण्टामा पूजा सम्पन्न गर्न सकिन्छ ।

महाशिवरात्रिको साँझ ७ बजेदेखि सुरू हुने विशेष पूजामा पञ्चामृत रहनेछन् । १५ हजारभन्दा बढी रकमको विशेष पूजामा लाखबत्ती बाल्न पाइने व्यवस्था छ ।

यस्तै रुद्राभिषेक, पूरा भोग, हवन, सवा लाख बत्तीद्वारा आरति र पञ्चामृत पूजा गर्न पाइन्छ । विशेष पूजामा सहभागी हुन पशुपतिको पश्चिमपट्टि रहेको एसबीआई बैंकमा १५ हजार १ सयको भौचर काटेर बुझाउनु पर्छ ।

कोषका परिषद सदस् खत्रीका अनुसार विशेष पूजाका लागि यसवर्ष २ सय जनाले मात्र गर्न पाउनेछन् । पहिला विशेष पूजाका धेरै प्रकार हुन्थे । तर यसवर्ष एक प्रकारको मात्रै विशेष पूजा भएकाले २ सय जना मात्रै भाग लिन पाउने छन् ।

विशेष पूजा साँझ ७ बजेदेखि भक्तजनले विशेष पूजा गर्न पाउनेछन् । विशेष पूजा गर्नाले शिव तत्व र सत्वगुणको प्रधानता प्राप्त हुन्छ । यो प्रहरमा पूजा, प्रार्थना, सन्ध्यावन्दन, ध्यान आदि गर्नु लाभदायी हुन्छ । यो बेला घरको पूजास्थलमा बत्ती बाल्नु शुभ फलदायी हुन्छ।यसैकारण साँझदेखि विशेष पूजा गर्ने व्यवस्था मिलाइएको छ ।

प्रकाशित : 26 February 2025 8:09 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !