महाभारत सर्किटको अवधारणा अघि बढाउन राजकिशोर यादवको प्रस्ताव


काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवले महाभारत सर्किटको अवधारणा अघि बढाउन प्रस्ताव राखेका छन् ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका उपाध्यक्ष समेत रहेका यादवले भारतको नयाँ दिल्लीमा जारी ‘नेपाल–भारत सम्बन्ध र क्षेत्रीय कूटनीतिः बल र अवसर’ विषय कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो प्रस्ताव राखेका हुन् । उनले बुद्ध र रामायण सर्किट बाहेक महाभारत सर्किटको महत्व रहेको बताए ।

बुद्ध र रामायण सर्किट बाहेक महाभारत सर्किटको संयुक्त प्रवर्द्धन गर्ने अवसर रहेको उनकोभ भनाई छ । उनले भनेका छन्, ‘पाण्डवसँग सम्बन्धित काठमाडौं उपत्यका वरपरका महाभारतमा उल्लेख गरिएका तीर्थस्थलहरू- नेपालको विराटनगरमा रहेको राजा विराटको दरबारलाई कुरुक्षेत्र, इन्द्रप्रस्थ र हस्तिनापुर जस्ता भारतीय सहरहरूसँग जोड्न सकिन्छ, जसले दुवै देशको अर्को साझा इतिहासको रूपमा काम गर्न सक्छ ।’

महाभारत सर्किटको अवधारणा अघि बढाउन दुई देशका बीचमा औपचारिक र अनौपचारिक संयन्त्र, सरकारस्तर र जनता स्तरमा सहकार्य आवश्यक रहेको पनि बताएका छन् ।

प्रकाशित : 26 February 2025 5:11 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !