भूमिहीनले जग्गा पाएनन् भने त्यसको दोषी उपेन्द्रजीहरू हुन्छन् : इस्तियाक राइ


जकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)का महासचिव मोहम्मद इस्तियाक राइले भोलीको दिनमा भूमिहीनले जग्गा नपाए उजेन्द्रजीहरु दोषी हुने बताएका छन् ।

सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेश ठीक रहेको तर्क गर्दै उनले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव बाध्य भएर विरोध गरिरहेको तर्क गरेका हुन् । एक अन्तरवार्तामा उनले भनेका छन्, ‘महन्थ ठाकुरले विरोध गर्नुभयो, त्यो मान्न सक्छु । तर उपेन्द्रजीले बाध्य भएर विरोध गरिरहनुभएको छ । कार्यसूचीमा प्रवेश गरेपछि अध्यादेशबारे छलफल गरौंला भनी संसदीय दलको बैठकबाट निर्णय गर्नुभएको थियो । तर कार्यसूचीमा प्रवेश नगर्दै उहाँ अध्यादेशको विपक्षमा उभिनुभयो । किनभने मिडियाले उहाँको भण्डाफोर गर्न थाले ।’

‘उपेन्द्रजी सत्ता बार्गेनिङमा हुनुहुन्थ्यो,’ महासचिव राइले भनेका छन्, ‘त्यही कारण निर्णय लिन सकिरहनु भएको थिएन । तर जब मिडियामा सबै कुरा छताछुल्ल भयो अनि उहाँ हतार–हतार निर्णय लिनुभयो ।’

भूमिसम्बन्धी अध्यादेशका कारण चुरे मासिन्छ भनी शंका छ भने सरकारको प्रतिबद्धता त्यसमा आउनुपर्ने उनले बताए ।

प्रकाशित : 26 February 2025 5:37 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !