बारामा मोटरसाइकलको सिटमुनि लुकाएको अफिम बरामद, यी व्यक्ति पक्राउ


बारा । जितपुर सिमरा उपमहानगरपालिका २१ अमलेखगंजबाट एकजना लागुऔषध अफिमसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बा ६३ प ८२६२ नम्बरको मोटरसाइकल चालक मकवानपुर कैलाश गाउँपालिका ६ पकनीका २१ वर्षीय रविन्द्र मोक्तान छन् । शंका लागेर प्रहरीले चेकजाँच गर्दा उनले चलाइरहेको मोटरसाइकलको सिटमुनि लुकाएको अवस्थामा अफिम बरामद गरेको छ ।

मोक्तानको मोटरसाइकलको सिटमुनिबाट पोने दुई किलो अफिलम बरामद भएको प्रहरीले जनाएको छ । उनीमाथि लागुऔषध मुद्दामा प्रहरीले अनुसन्धान तथा कारबाही अगाडी बढाएको छ ।

प्रकाशित : 26 February 2025 6:03 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !