लोसपा जनकपुरधाम नगर सचिवमा चर्चित यूवानेता झा मनोनित


जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल जनकपुरधाम नगर समितिको सचिवमा चर्चित यूवा नेता प्रशान्त झा मनोनित भएका छन् ।

पार्टीको नगर अध्यक्ष वैदेहि रमन ठाकुरले झालाई सचिवमा मनोनित गरेका हुन् । झालाई नगर सचिव मनोनित गरेको पत्रमा नगर अध्यक्ष ठाकुरले कार्यकाल उपलब्धिमुलक हुनेछ भन्ने विश्वासका साथ शुभकामना समेत दिएका छन् ।

झा जनकपुरधाममा यूवाहरुमाझ चर्चित छन् । उनले सधैं सकारात्मक र जनताको हितमा विभिन्न सामजिक कार्य गर्दै आएका छन् । त्यसैले पार्टी नगर कमिटिले उनीमाथि विश्वास गर्दै नगर सचिवमा मनोनित गरेको बुझिएको छ ।

प्रकाशित : 26 February 2025 6:13 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !