संसारकै सबैभन्दा प्रदूषित सहर दिल्ली बन्यो, काठमाडौं चौथो प्रदूषित सहर


काठमाडौं । संसारभरमै भारतको दिल्ली सबैभन्दा प्रदूषित सहर बनेको छ । यस्तै नेपालको काठमाडौं विश्वको चौथो प्रदूषित सहर बनेको छ ।

काठमाडौंको वायू प्रदूषण १८५ मापन गरिएको छ । यसलाई स्वास्थ्यका हिसाबले अस्वस्थ मानिन्छ ।

विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको आईक्यू एअरका अनुसार विश्वको सबैभन्दा प्रदूषित सहरमा छिमेकी राष्ट्र भारत पहिलो नम्बरमा छ । भारतको वायु प्रदूषण २२८ एक्यूआई मापन गरिएको छ । यो अति अस्वस्थ सूचकांक हो ।

त्यस्तै दोस्रो नम्बरमा १८२ एक्यूआईसहित चीनको सांघाई सहर परेको छ भने बंगालादेशको ढाका १८६ एक्यूआईसहित तेस्रो नम्बरमा छ ।

नेपालमा भने भक्तपुर सबैभन्दा प्रदूषित सहर बनेको छ । वातावरण विभागका अनुसार यो समाचार तयार पार्दासम्म भक्तपुर १९७ एक्यूआईसहित सबैभन्दा वायु प्रदूषित सहर बनेको हो ।

त्यस्तै दोस्रो स्थानमा रहेको पोखराको वायु प्रदूषण १९१ मापन गरिएको छ । पोखरा केही हप्तायता वायु प्रदूषित सहरको रूपमा शीर्षस्थानभित्र पर्दै आएको छ ।

खुमल्टार १९५, शंखपार्क १८३, भैंसेपाटी १७४, भरतपुर १७१, धनगढी १७० र धुलिखेल १५१ एक्यूआईसहित वायु प्रदूषणका हिसाबले अस्वस्थ सहरभित्र परेका छन् ।

वातावरण विभागका अनुसार ०-५० एक्यूआईसम्मको सूचकांकमात्रै राम्रो मानिन्छ । त्यस्तै, ५१-१०० मध्यम, १०१-१५० हुँदा अस्वस्थ, १५१-२०० अस्वस्थ, २०१-३०० निकै अस्वस्थ र ३०१ एक्यूआई भएमा खतरनाक तहमा पुगेको मानिन्छ ।

प्रकाशित : 27 February 2025 8:23 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !