महोत्तरीमा डान्सबारबाट ८ महिला र ३ पुरुष पक्राउ


जनकपुरधाम । महोत्तरीको औरही नगरपालिका २ स्थित डान्सबारबाट ११ जनालाई प्रहरीले पक्राउ गरेर कारबाही अगाडी बढाएको छ ।

अबैध रुपमा संचालित ब्लयाक एण्ड व्हाइट डान्सबारमा सोमबार राति प्रहरीले छापा मारेको थियो । सो क्रममा त्यहाँ काम गर्ने ८ महिला र ३ पुरुषलाई इलाका प्रहरी कार्यालय गौशालाले पक्राउ गरेको हो ।

पक्राउ परेका सबैमाथि प्रहरीले मंगलबार अभद्र व्यवहारको मुद्दामा म्याद थप गराई अनुसन्धान गरिरहेको छ ।

डान्सबार सञ्चालन गर्न सम्बन्धित निकायबाट स्वीकृति नलिएको र महिला कर्मचारी राखेर सामाजिक मूल्य मान्यतामा असर पुर्‍याउने कार्य गरेकाले कारबाही गरेको महोत्तरी प्रहरीले जनाएको छ ।

प्रकाशित : 27 February 2025 9:02 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !