माओवादी तराई–मधेश अभियानमा महेन्द्र राय यादव पनि सहभागि


विराटनगर । नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादव पनि नेकपा माओवादी केन्द्रको तराईं–मधेश अभियानमा जोडिएका छन् ।

सुनसरीको बर्जू गाउँपालिका १ को शुक्रबारेबाट उनी अभियानमा जोडिएका हुन् । उनलाई माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अभियानमा स्वागत गरे । माओवादीले शुरू गरेको ‘जनतासँग माओवादी तराईं–मधेश जागरण अभियान’को चौथो दिन सुनसरीमा अभियान गरिँदै छ ।

आज बिहान बर्जू–शुक्रबारे बजारमा बिहान शहीद गेट अवलोकन, उखु किसानसँग छलफल गर्ने कार्यक्रम रहेको नेताहरूले बताएका छन् । बर्जू ताल निरीक्षणपछि त्यही कोणसभा गर्ने कार्यक्रम गरिनेछ ।

दिउँसो १ बजेसम्म देवानगन्जमा कार्यकर्तासँग भेटघाटपछि हरिनगरका मुस्लिम समुदायसँग भेट्ने कार्यक्रम रहेको नेम्वाङले जानकारी दिए ।

माओवादी केन्द्रले यही फागुन १२ गते ‘जनतासँग माओवादी तराईं–मधेश जागरण अभियान’ झापाको कचनकवलबाट शुरू गरेको हो ।

प्रकाशित : 27 February 2025 10:45 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !