कांग्रेस सभापति देउवा निकटले शेखर पक्षका नेविसंघ मोरङका सभापतिलाई कुटेपछि…


विराटनगर । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ मोरङका सभापति सरोज पोखरेल नेविसंघकै नेता–कार्यकर्ताले कुटाई खाएका छन् ।

महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष जसवन्त पौडेलको नेतृत्वमा पोखरेलमाथि कुटपिट भएको हो । बिहीबार दिउँसो क्याम्पस परिसरमै पोखरेल कुटिएका हुन् ।

कुटिएका पोखरेल डा. शेखर कोइराला पक्षका हुन् । कुट्ने कुट्ने स्ववियु सभापति पौडेल कांग्रेस संस्थापन अर्थात् सभापति शेरबहादुर देउवा पक्षका छन् ।

पोखरेललाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । उनको टाउकोमा चोट लागेको बताइएको छ ।

प्रकाशित : 27 February 2025 5:04 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !