मधेसमा पनि भूकम्पकाे कडा धक्का महसुस


सिरहा । मधेसका जिल्लामा पनि भुकम्पकाे कडा धक्का महसुस गरिएकाे छ ।

अहिले बिहान २ बजेर ५२ मिनेट जाँदा भुकम्प गएकाे हाे । रातिको समयमा सबै ओछ्यानमै हुँदा हल्लाएपछि त्राश उत्पन्न भएकाे छ । अहिले मानिसहरू सडकमा निस्किएका छन् ।

भूकम्पको केन्द्रविन्दुलगायत मापन हुन बाँकी रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

प्रकाशित : 28 February 2025 3:16 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !