सरकारले रद्द गर्यो निर्माणाधीन धुलिखेल–खावा सडकको ठेक्का


काठमाडौं। सडक डिभिजन भक्तपुरले निर्माणाधीन धुलिखेल–खावा सडकको ठेक्का रद्द गरेको छ ।

मंगलबार बसेको सडक डिभिजन भक्तपुरले काभ्रेपलाञ्चोकका धुलिखेलदेखि–खावा भञ्ज्याङसम्म चार किलोमिटर सडक गौरी पार्वती निर्माण सेवा प्रालिले बनाइरहेको सडकको ठेक्का रद्द गर्ने निर्णय गरेको हो।

निर्माण कार्य समयमा सम्पन्न नगरेको र पटक पटक ताकेता गर्दा पनि चासो नदिएको भन्दै डिभिजनले गत माघ १९ गते निर्माण कम्पनीलाई स्पष्टीकरण सोधेको थियो। निर्माण कम्पनी सडक डिभिजनमा उपस्थित भएर लिखित स्पष्टीकरण दिए पनि जवाफ सन्तोषजक, भरपर्दो विश्वसनीय नदेखिएपछि ठेक्का रद्द गर्ने निष्कर्षमा पुगिएको कार्यालयले जनाएको छ।

उक्त सडक निर्माणका लागि २०८० चैत १९ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी २०७९ जेठ २० मा ठेक्का सम्झौता भएको थियो।

तर निर्माण कम्पनीले निर्माण पूरा गर्ने समयसिमा नाघेको एक वर्ष बितिसक्दा समेत निर्माण कार्यमा आलटाल गर्दै आएको कार्यालयले जनाएको छ।

प्रकाशित : 28 February 2025 12:45 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !