पृथ्वीराजमार्गअन्तर्गत विमलनगर खण्ड एक महिनासम्म आंशिक रूपमा बन्द


तनहुँ। तनहुँको विमलनगर खण्ड एक महिनासम्म आंशिक रूपमा बन्द गरिने भएको छ।

पृथ्वीराजमार्गअन्तर्गत पर्ने उक्त खण्ड निर्माण कार्यका लागि एक महिनासम्म सडक आंशिक रुपमा बन्द गरिने भएको हो।

फागुन ९ गतेदेखि चैत ९ गतेसम्म यातायात व्यवस्था कार्यालय विमलनगरबाट नयाँपुलसम्म पॉच सय मिटर खण्ड आंशिक रूपमा बन्द गर्न लागिएको हो। यहाँ आवश्यकतानुसार समयसमयमा ४५ मिनेटदेखि एक घण्टासम्मका लागि बन्द गरिने छ।

आंशिक रूपमा सडक बन्द गरिने अवधिमा साना सवारीसाधन तथा मोटरसाइकलले वैकल्पिक मार्ग (विमलनगर–मस्र्याङ्दी पुल–कुमाल गाउँ–नयाँपुल पुल) को प्रयोग गर्न आग्रह गरिएको छ।

त्यसैगरी ठूला सवारीसाधनले सवारी रोक्दा, सवारी चलाउँदा कडाइका साथ आफ्नो लेन अनुशासन कायम राख्न समेत अनुरोध गरिएको छ।

प्रकाशित : 28 February 2025 12:48 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !