ओलीको प्रस्ताव अस्वीकार गरेपछि उपेन्द्र यादवलाई दिए माधव नेपालले धन्यवाद


काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई धन्यवाद दिएका छन् ।

भूमि अध्यादेशबारे आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीसँग नफकिएको भन्दै धन्यवाद दिएका हुन् ।

उनले भने, ‘उनले प्रतिनिधि सभामा दुई तिहाइ छ, राष्ट्रियसभामा उपेन्द्र यादवजी पनि फकिनुहुन्छ होला भन्ने ठानेका होलान् । तर उहाँ फकिनुभएन । उहाँलाई धन्यवाद छ । मान्छेका कमजोरी हुन्छन्, ढंग पार्न सिपालुु छन् हाम्रा प्रधानमन्त्री, तर पनि फकिनुभएन धन्यवाद छ ।’

उनले जसपा नेपालले अध्ययन गरेर नै देश र राष्ट्रको पक्षमा निर्णय लिएको बताए । ओली सरकार देशको लागि ठूलो समस्या भनेको टिप्पणी गरे ।

प्रकाशित : 28 February 2025 4:37 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !