रौतहटमा एकैदिन १० फरार प्रतिवादी र एक तस्कर पक्राउ


रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले फरार प्रतिवादीहरुलाई पक्राउ गर्ने अभियान चलाएको छ । अभियान अन्तर्गत प्रहरीले एकैदिन १० फरार प्रतिवादी र १ जना तस्करलाई पक्राउ गरेको हो ।

विभिन्न मुद्दामा अदालत बाट दोषी ठहर भई दण्ड सजाय तोकिएर लामो समयदेखि फरार रहेका १० जना प्रतिवादी र १ जना तस्कर गरी ११ जनालाई जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा कुटपिट मुद्दाका सफी आलम, कुटपिट तथा कुटपिट मुद्दाका रुवाना खातुन, जालसाजी मुद्दाका महेन्द्र साह, जुवामा शेख हैदर अली, किरते जालासजीमा नन्दकिशोर राम रहेका छन् ।

त्यस्तै वन मुद्दामा राम एकवाल चौधरी, मोटरसाइकल चोरीमा निरञ्जन पासवान, चेक अनादरमा प्रभु हजार, घरेलु हिंसामा मेघु हजरा र शिक्षा सम्बन्धी मुद्दामा सुनिता कुमारी पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले बताए ।

पक्राउ परेका सबैलाई फैसला कार्यान्वयन लागि जिल्ला अदालत रौतहटमा उपस्थित गराइएको प्रवक्ता रायले जानकारी दिए।

प्रकाशित : 1 March 2025 8:32 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !