जसपा नेपाल ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने !

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका प्रवक्ता मनीष सुमनले सरकारले भूमिसम्बन्धी अध्यादेश तत्काल फिर्ता नलिए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन् ।
काठमाडौँ आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका हुन् । उनले अहिलेसम्म सरकारमाथिको समर्थन कायम रहेको तर यो समर्थन पनि अध्यादेशमा नै टिकेको बताए ।
उनले भने, ‘आइतबारदेखि हाम्रो तीन दिन केन्द्रीय कार्यसमितिको बैठक छ। अध्यादेश अनि सरकारको समर्थनबारे पनि निर्णय लिन्छौं ।’
भूमि सम्बन्धी अध्यादेश फिर्ता नलिए सरकारले संसद्मा पेस गरेको अन्य पाँचवटा अध्यादेशमा पनि समर्थन नगर्ने उनले चेतावनी दिए । अध्यादेश ल्याउने विषय संवैधानिक भए पनि हाल नियत सफा नदेखिएको उनको भनाई छ ।
प्रकाशित : २०८१ फाल्गुन १८, आईतवार १२:०२
तपाई आफ्नो धारणा लेख्नुहोस् !
ताजा अपडेट
ट्रेन्डिङ
- १. लहानमा दुई अर्बको लगानीमा पाँच सय बेडको मुटु र मधुमेह रोगको अस्पताल बन्दै
- २. मधेस सरकार दलालको कब्जामा ! वडाध्यक्षको योजना पनि विक्री
- ३. गोलाप्रथाबाट केन्द्राध्यक्ष नियुक्ति नभए एसइई परीक्षा प्रक्रियाबाट मधेस सरकार अलग्गिने चेतावनी
- ४. सीके राउतलाई ५ करोड रुपैया दिएको छु, हिसाब माग्दा मलाई कारबाही गरे : यादव
- ५. जनमत नेतृत्वको मधेस सरकारमा योजना खरिद विक्री- मन्त्रीको रेट ८ प्रतिशत, दलालको २० !
- ६. सीके राउतले चढ्दै आएको गाडी किन्न ७० लाख दिएको छु, त्यो गाडी फिर्ता गरोस् : सुरेन्द्र यादव