भूमिसम्बन्धी अध्यादेश वनजंगल र सार्वजनिक जग्गा कार्यकर्तालाई बाँड्न ल्यायो : उपेन्द्र यादव


काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले महत्वपूर्ण कानुनहरू अध्यादेशमार्फत ल्याउनु सरकारको कुत्सित स्वार्थ तथा मानसिकता देखिएको आरोप लगाएका छन् ।

आइतबार पार्टी केन्द्री समितिको बैठकमा राजनीतिक एवं संगठनात्मक प्रतिवेदन प्रश्तुत गर्दै अध्यक्ष यादवले यस्तो आरोप लगाए । उनले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश देश र जनताको हितमा नरहेको तथा रियल स्टेट र भू–माफिया तथा दलालहरूको पक्षपोषण गर्ने खालको रहेको बताए ।

उनले सरकारले भूमिसम्बन्धी अध्यादेश तराई/मधेसको वनजंगल, सार्वजनिक जग्गा, आफ्ना पार्टीका कार्यकर्ताहरूमा वितरण गर्ने उद्देश्यका साथ ल्याएको आरोप समेत लगाए ।

संसद्‌बाट भूमिसम्बन्धी अध्यादेश फिर्ता नगरुन्जेलसम्म बाँकी पाँच वटा अध्यादेशहरूलाई पनि सहयोग र समर्थन नगर्ने आफ्नो अडानको कारण अहिलेसम्म सरकारले सदनमा अध्यादेश प्रस्तुत गर्न नसकेको उनको दाबी छ ।

प्रकाशित : २०८१ फाल्गुन १८, आईतवार १६:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ