पूर्वयुवराज पारसलाई हर्ट अट्याक !


काठमाडौं । पूर्वयुवराज पारस शाहलाई हृदयघात (हर्ट अट्याक) भएपछि अस्पताल भर्ना भएका छन् ।

आइतबार साँझ नै पूर्वयुवराज शाहलाई हृदयघात भएपछि उनको सहयोगीले थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गराए ।

गएराति नै मुटुमा स्टेन लगाएको र अहिले अवस्था सुधारोन्मुख रहेको बुझिएको छ । पारसलाई चौथो पटक हृदयघात भएको हो ।

यसअघि उनमा २०७५ माघ महिनामा हृदयघात भएको थियो । त्यतिबेला पनि उनको नर्भिकमै उपचार भएको थियो ।

त्यसअघि पनि थाइल्याण्डमा रहँदा र अर्को एक पटक पनि हृदयघात भएको थियो ।

प्रकाशित : २०८१ फाल्गुन १९, सोमबार १६:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ