जनकपुरधाम- पूर्व वडाध्यक्ष साहलाई २ वर्ष जेल


जनकपुरधाम । जनकपुरधाम उप महानगरपालिका १ का पूर्व वडाध्यक्ष शत्रुधन साह दुई वर्षका लागि जेल जाने भएका छन् ।

लेनदेन मुद्दामा साह जिल्ला अदालत धनुषाले दुई वर्ष जेलको सजाय सुनाएको छ । अदालतकै आदेशले साहलाई सोमवार जनकपुरधामबाटै पक्राउ गरिएको छ ।

जनकपुरधाम उप–महानगरपालिका का ५ का धर्मेन्द्र साहसंगको लेनदेन मुद्दामा पूर्व वडाध्यक्ष साहलाई अदालतले सजाय सुनाएको बुझिएको छ ।

साह जग्गा कारोबार पनि गर्दै आएका थिए । जग्गा बापत रकम लिएका वडिध्यक्ष न जग्गा दिए न रकम फिर्ता गरेपछि पीडित धर्मेन्द्र अदालत पुगेका थिए ।

प्रकाशित : २०८१ फाल्गुन २०, मंगलवार ०९:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ