मधेस भवनमै शहिद प्रतिष्ठानका सदस्य यादव मृत फेला


जनकपुरधाम । जनकपुरधामस्थिछ मधेश भवनमा रहेको मधेस शहिद प्रतिष्ठानका सदस्य नरेश यादव मृत फेला परेका छन् ।

सदस्य यादव आज बिहान आफ्नै निवासको ओछ्यानमै मृत फेला परेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वरुणबहादुर सिंहले जानकारी दिए ।

मृत फेला परेका यादव ओछ्यानमा बान्ता गरेका छन् । डिएसपी सिंहले शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाएको बताए । उनले मृत्युको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको बताए ।

प्रकाशित : 4 March 2025 12:43 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !