कोहलीको इनिङ्सले तोड्यो अस्ट्रेलियाको गौरव, भारत पुग्यो फाइनलमा


काठमाडौं । भारत आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ४ विकेटले हराउँदै भारत फाइनलमा प्रवेश गरेको हो ।

अस्ट्रेलियाले दिएको २६५ रनको लक्ष्य भारतले ४८.१ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो । भारतका लागि विराट कोहलीले सर्वाधिक ८४ रन बनाए । श्रेयस अय्यरले ४५ रन बनाए । केएल राहुल ४२ रनमा अविजित रहे ।

अस्ट्रेलियाका नेथन एलिस र एडम जाम्पाले २-२ विकेट लिए भने बेन ड्‍वारसुइस र कूपर कोनोलीले १-१ विकेट हात पारे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले भारतसामू प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको थियो । अस्ट्रेलियाले ४९.३ ओभरमा अलआउट हुँदै २६४ रन बनायो ।

अस्ट्रेलियाका लागि कप्तान स्टिभ स्मिथले सर्वाधिक ७३ रन बनाए । एलेक्स क्यारीले ६१ रन बनाए । ओपनर ट्राभिस हेडले ३९ रन बनाए । मार्नस लबुशेनले २९ रन बनाए ।

भारतका मोहम्मद शामीले १० ओभरमा ४८ रन दिएर ३ विकेट लिए । वरुण चक्रवर्तीले १० ओभरमा ४९ रन दिएर २ विकेट लिए । रविन्द्र जडेजाले २ तथा हार्दिक पान्ड्या र अक्षर पटेलले १-१ विकेट लिए ।

प्रकाशित : 4 March 2025 10:12 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !