कस्तो होला आज देशभरको मौसम ?


काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । यतिबेला (बुधबार बिहान) कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागको मौसम आंशिक बदली छ ।

यतिबेला (बुधबार बिहान) कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागको मौसम आंशिक बदली छ । देशका बाँकी भूभागको मौसम मूख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

चार प्रदेशको मौसम आंशिक बदली भए पनि आज वर्षा र हिमपातको सम्भावना भने देखिएको छैन ।

आज बिहान तराईका थोरै स्थानमा हल्का हुस्सु लाग्ने सम्भावना रहेको महाशाखाले बुधबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ ।

‘आज तराईका थोरै स्थानमा हल्का हुस्सु लाग्ने सम्भावना रहेको हुँदा यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन अनुरोध छ,’ महाशाखाले जारी गरेको बुलेटिनमा भनिएको छ ।

प्रकाशित : २०८१ फाल्गुन २१, बुधबार ०७:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ