मधानी महोत्सवमा ६६ लाख बढी रुपैयाँ खर्च


रौतहट । रौतहटको मौलापुर नगरपालिका द्वारा आयोजित छैटौँ मधानी महोत्सवको खर्च विवरण सार्वजनिक गरिएको छ ।

पुरातात्त्विक महादेव मन्दिरको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरी मेयर रिनाकुमारी साहको अध्यक्षता एवं आमजनता पार्टीका अध्यक्ष पूर्वमन्त्री  प्रभु साहको प्रमुख आतिथ्यतामा महोत्सवको खर्च सार्वजनिक गरिएको हो ।

गत ११ गतेदेखि १५ गतेसम्म पाँच चलेको दिवसीय मधानी महोत्सवमा नगरपालिकाबाट कुल ६६ लाख २३  हजार ३ सय रुपैयाँ खर्च भएको मौलापुर नगरपालिकाका प्रमुख प्रशासकीय रामबाबु साहले बताए। मधानी महोत्सव २०८१ मा ५ लाखभन्दा बढी श्रद्धालु भक्तजनहरूले अवलोकन गरेको थियो ।

महोत्सव अवधिमा   मौलापुरमा १० करोड भन्दा बढीको आर्थिक कारोबार भएको तथा नगरवासी व्यापारीहरूले २ करोडभन्दा बढीको मुनाफा आर्जन गरेको अधिकृत साहले दाबी गरे ।

कार्यक्रममा महोत्सवका विभिन्न उपसमितिहरूका संयोजकहरूले महोत्सवको सन्दर्भमा समीक्षा मन्तव्य राखेका थिए ।

मौलापुर मधानी महोत्सव २०८१ ले मौलापुर नगरपालिका एवं  पतौरा धामको मान प्रतिष्ठामा बढोत्तरी भएको , मधानी यज्ञको महिमालाई विश्वस्तरमा पुर्‍याउने तथा पतौरा धामलाई विश्वको एक आकर्षक पर्यटकीय गन्तव्यको रुपमा स्थापित हुनेमा विश्वास बढेको वक्ताहरूले बताएका थिए ।

प्रकाशित : 6 March 2025 9:43 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !