प्रदेश प्रमुख हटाउने निर्णय घोर पूर्वाग्रही : निधी


जनकपुरधाम, १७ कार्तिक । सातै प्रदेशका प्रमुखलाई पदमुक्त गरेकोमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिस अनुसार आइतबार सात वटै प्रदेशका प्रमुख पदमुक्त गरेको निर्णय सार्वजनिक भएपछि कांग्रेसले आपत्ति जनाएको हो ।

कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रदेश प्रमुख पदमुक्त गर्ने सरकारको निर्णय पूर्वाग्रही भएको बताए । सरकारले अपरिपक्व र पूर्वाग्रही निर्णय गरेको भन्दै उपसभापति निधीले भने, ‘अहिले प्रदेश प्रमुखलाई पदमुक्त गर्नुपर्ने राजनीतिक आवश्यकता थिएन ।’

उपसभापति निधीले प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउनुको साटो प्रदेश प्रमुख हटाएर सरकार गलत गरेको टिप्पणी समेत गरे । उनले सरकारको यो निर्णय अपरिपक्व, घोर पूर्वाग्रही र असंवैधानिक भएको समेत बताए ।

प्रकाशित : २०७६ कार्तिक १७, आईतवार १३:२२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ