जसपा नेपालका पूर्व सांसद साह माओवादीमा प्रवेश, प्रचण्ड गदगद !


जनकपुरधाम । उपेन्द्र यादव नेतृत्वको जसपाका नेपालका पूर्व सांसद प्रमोद साह नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

जनतासँग माओवाद, तराई मधेस जागरण अभियानअन्तर्गत सर्लाहीको मलंगवामा आयोजित जनसभामा नेता साह माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । उनलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गरे ।

साह २०७४ को निर्वाचनमा सर्लाही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनलाई प्रवेश गराएपछि माओवादी अध्यक्ष प्रचण्ड खुशीले गदगद बनेका छन् ।

सोक्रमा पूर्व प्रदेशसभा सदस्य निराकुमारी साहसहित जसपा नेपाल र विभिन्न दलका नेता कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

प्रकाशित : २०८१ फाल्गुन २३, शुक्रबार १५:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ