लहानको पोखरीमा डुबेर ३ वर्षीया बालिकाको मृत्यू


सिरहा । लहान नगरपालिका १० स्थित प्राविधिक शिक्षालयको ग्राउण्डभित्र रहेको पोखरीमा डुबेर तीन वर्षीया बालिकाको मृत्यू भएको छ ।

मृत्यू हुनेमा सिरहा नगरपालिका २१ लकडिगोठ घर भएका ५६ वर्षीय देवनारायण मण्डलकी ३ वर्षीया नातिनी पृषा मण्डल छन् ।

बिहीबार दिउँसै बालिका पृषा पोखरीमा डुब्न लागेको बेला उद्धार गरी सिकिस्त अबस्थामा उपचारका लागि प्रादेशिक अस्पताल लहान लगिएको थियो । उपचारको क्रममा शुक्रवार उनको मृत्यु भएको छ ।

प्रकाशित : 8 March 2025 10:57 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !