वीरगञ्जका राजावादी पनि उत्साहित, निकाल्यो मोटरसाइकल र्‍याली


वीरगञ्ज । राजसंस्था पक्षधरहरुले वीरगञ्जमा राजासहितको प्रजातन्त्रको माग गर्दै शनिबार मोटरसाइकल र्‍याली तथा बृहत् आमसभा गरेका छन् ।

मोटरसाइकल र्‍यालीले वीरगञ्ज महानगरक्षेत्रको परिक्रमा गर्दै लालबङ्लामा पुगेर बृहत् आम सभामा परिणत भएको थियो ।

र्‍यालीमा सहभागीहरुले ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’, ‘हिन्दु राष्ट्र कायम गर’लगायतको नारा लगाएका थिए ।

मोटरसाइकल र्‍याली तथा आमसभामा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन,राप्रपा सांसद दिपक सिंह, बिना जैसवालको पनि सहभागिता रहेको थियो ।

‘२०७२ सालको अवैध संविधान खारेज गरौँ, नेपाल अधिराज्यको संविधान २०४७ घोषणा गरौँ’ भन्ने नाराका साथ राष्ट्रिय नागरिक संघर्ष समितिले आमसभाको आयोजना गरेको थियो ।

आमसभालाई सम्बोधन गर्ने वक्ताहरुले राष्ट्र बचाउनको लागि राजा चाहिएको बताएका थिए ।

प्रकाशित : 8 March 2025 6:25 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !