कैयौं नेपालीलाई दिल्ली पुर्‍याएर ठगेका अभियुक्तलाई प्रहरीले भारतबाटै उठायो


काठमाडौं । नेपालीलाई विभिन्न देशमा पठाइदिन्छु भन्दै दिल्लीमा लगेर अलपत्र पारेका एक अभियुक्तलाई नेपाल प्रहरीले ६ वर्षपछि भारतबाट पक्रेर ल्याएको छ ।

मानव बेचविखन अनुसन्धान ब्युरोको टोलीले दाङका कमलकुमार न्यौपानेलाई भारतबाटै पक्राउ गरेर ल्याएको हो । ब्युरोले आइतबार पक्राउ गरी उनलाई सार्वजनिक गरेको छ ।

न्यौपानेविरुद्ध विभिन्न व्यक्तिलाई वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको तथा विदेशमा बन्धक बनाएको अभियोगमा ५ वटा मुद्दा दर्ता छन् ।

उनले ६ वर्ष पहिले नेपालीलाई विभिन्न देशमा लैजाने र दिल्ली पुर्‍याएर बन्धक बनाउने गरेको आरोप छ । 

प्रकाशित : 10 March 2025 4:21 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !