महोत्तरीमा बिशाल कलश यात्रा संगै नौ दिने रामनाम जप महायज्ञ शुरु


महोत्तरी, १८ कार्तीक समाजमा शान्ती र स्थायीत्व स्थापनाको उदेश्यले चालीश बर्ष पश्चात नौ दिने रामनाम जप महायज्ञ शुरु भएको छ । जिल्लाको एकडारा गाउँपालिका वडा नं.६ बगेया टोलमा बिहान शान्ती कलश शोभा यात्रा निकाली नौ दिने रामनामजप महायज्ञको शुरुवात गरिएको हो ।

आयोजक गाउँ स्थित ब्रह्मस्थानबाट निकालिएको कलश शोभा यात्रा दुधान नदीमा पुगी जल लिई गाउँको परिक्रमा गर्दै पुनः ब्रह्मस्थानमा कलश स्थापना भई सम्पन्न गरिएको छ ।

स्थानीयको आर्थिक सहयोग र ग्रामीण यूवाको आयोजनामा हुनलागेको नौ दिने रामनाम जपमहायज्ञमा स्थानीय परोसी गाउँ कोल्हुवा,बहेडा,बथनाहा,बखरी लगायतका ठाउँको भजनकिर्तन मंडलीहरु सहभागी हुने आयोजक समितीले जनाएको छ ।

चालीश बर्ष पश्चात हुनलागेको रामनाम जप महायज्ञलाई हर्षोल्लास पूर्वक सफल पार्न स्थानीय यूवाहरु लागीपरेका छन् । भने स्थानीय हर्षीत भएका छन् ।

बाजागाजा सहित निकालिएको शान्ती कलश शोभायात्रामा स्थानीय वडा अध्यक्ष सुमन्त कुमार राय,भूतपूर्व वडाअध्यक्ष रामअचल शर्मा,समृद्धि बिकास समाज एकडारा ६ बगेया महोत्तरीका सचिब सुमन कुमार राय,भद्रभलादमि,नागरिकसमाज,पत्रकार,यूवा,ब्यबसायी,किशान लगायतका उल्लेख्य सहभागीता रहेको थियो ।

शुरु गरिएको महायज्ञ नौ दिने रामनाम जप तथा एकदिने अष्टजाम पश्चात समपन्न हुने समितीले जनाएको छ ।

प्रकाशित : २०७६ कार्तिक १८, सोमबार ०१:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ