सप्तरीमा हात्ती आतंक: हात्तीले दर्जनौं घर भत्कायो


राजविराज, १८ कार्तिक। चार वटाको समूहमा आएको हात्तीले सप्तरीमा झण्डै एक दर्जन घर भत्काएका छन् ।

कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको जंगली हात्तीले शनिबार राति सप्तरीको कृष्णसवरन गाउँपालिकामा करिब १ दर्जन घर भत्काएका हुन् ।

शनिबार बेलुका र आइतबार बिहान आएको हात्तीले कृष्णासवरण गाउँपालिका ६ मोहनपुरका दुखी यादव, कमान सिंह मगर, मन्जु कार्की, रोमा दमाई लगायत १० जनाको घर भत्काएका छन् । हात्तीको समूहले कोदो बारी, केरा बारी समेत नष्ट गरेको स्थानीयहरुले बतएका छन् ।

हात्तीले सप्तरीको पूर्वी उत्तरी भेगका बासीन्दालाई आतंक मच्चाई दुख दिदा समेत सम्बन्धित निकाय मौन बसेकोमा स्थानीय बासी आक्रोशित भएका छन् ।

प्रकाशित : २०७६ कार्तिक १८, सोमबार ०२:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ