गणतन्त्रको पक्षमा चैत १५ गते प्रदर्शन गर्ने समाजवादी मोर्चाको घोषणा


काठमाडौं । समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा चैत १५ गते काठमाडौँमा प्रदर्शन गर्ने भएको छ ।

मंगलबार नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकलले प्रदर्शन गर्ने निर्णय गरेको हो । समाजवादी मोर्चाले ‘प्रतिगामी शक्ति’विरुद्ध संयुक्त प्रदर्शन गर्नेबारे आज निर्णय लिएको नेसपाका नेता महिन्द्र राय यादवले जानकारी दिए ।

आइतबार काठमाडौँमा राजावादीले प्रदर्शन गरेका थिए । त्यसपछि सबै राजावादी समर्थित दलबाहेक अन्य दलले यसको विरोध गर्दै आइरहेका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ संयोजक रहेको मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपाल कम्युनिस्ट पार्टी, नेपाल समाजवादी पार्टी पनि सहभागी छन् ।

प्रकाशित : २०८१ फाल्गुन २७, मंगलवार १८:४५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ