प्रदेश प्रमुख हटाउने विषयमा परामर्श भएको छैन् : उपेन्द्र यादव


काठमन्डौ, १८ कार्तिक। सत्तासाझेदार समाजवादी पार्टीका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री उपेन्द्र यादवसित प्रदेश प्रमुख हटाउने विषयमा परामर्श गरिएको छैन् ।

संविधान संशोधन नगरिए सरकार छाड्ने चेतावनीदिदै आएका उपप्रधानमन्त्री यादव आइतवार जोमसोममा रहेको बेला सरकारले प्रदेश प्रमुखहरु हटाउने निर्णय गरेको छ ।

‘प्रदेश प्रमुखहरु हटाइएको निर्णय बारे औपचारिक जानकारी छैन्’यादवले भने, यस सम्बन्धमा प्रधानमन्त्री ओलीसित कुनै पूर्व परामर्श भएको छैन् ।

सोमवार नियुक्ती गर्ने भनिएको प्रदेश प्रमुखको सम्बन्धमा समेत कुनै चर्चा नभएको उनले जनाए ।राष्ट्रिय जनता पार्टी (राजपा)सित एकिकरणको तयारीमा रहेको समाजवादी पार्टीका लागि सरकारले गरेको निर्णय अस्वभाविक नभएको बताइन्छ ।

संविधान संशोधन विना सरकारमा रहनुको औचित्य नभएको बताउँदै आएका अध्यक्ष यादवका लागि सरकारको यो निर्णय उपयोगी हुन सक्छ ।समाजवादी पार्टीले सरकार छाडेपछि दुई तिहाईको सरकार रहने छैन् । –-आजको जनकपुर टुडेमा यो खबर छापिएको छ।

प्रकाशित : २०७६ कार्तिक १८, सोमबार ०३:२९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ