आज दिनभर मौसम सफा रहने, राति हिमपात र वर्षा !


काठमाडौं । हाल देशमा पश्चिमी वायूका साथै स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । आज अधिकांश भू–भागमा मौसम मूख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै आज राती देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हिमपातको सम्भावना र पहाडी भू–भागका केही स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेकाले यसले आंशिक प्रभाव पर्न सक्ने हुँदा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित : 12 March 2025 6:54 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !