रञ्जित रे भन्छन्- ज्ञानेन्द्र एक निरंकुश राजा थिए, नेपालमा राजसंस्था फर्किनु भारतको हितमा हुँदैन


काठमाडौं । नेपालका लागि पूर्वभारतीय राजदूत रणजित रेले नेपालको राजसंस्था पुनर्स्थापन हुनु भारतको हितमा नहुने तर्क गरेका छन् । एक टेलिभिजन बहसमा भाग लिँदै उनले राजसंस्थासँग भारतको विगतमा राम्रो सम्बन्ध नरहेको स्मरण गरे ।

नेपाल आएका भारतीय राजदूतहरूमध्ये सर्वाधिक चर्चित र विवादितमा पर्छन् रे । भारतले नेपालमाथि नाकाबन्दी लगाउँदा उनी राजदूत थिए । उनी नेपाली राजनीतिभित्र घुसेर अनेक चलखेलहरू गर्ने गर्थे ।

इन्डिया टिभीको ‘कफी पर कुरुक्षेत्र’ नामक टक शोमा उनै रेसहित दुई कथित ‘नेपाल विज्ञ’लाई राखिएको थियो । सुरुमै रञ्जित रेलाई राजा ज्ञानेन्द्रका विषयमा सोधियो । रेले ज्ञानेन्द्रलाई एक निरंकुश राजाको रूपमा चित्रण गरे ।

उनले भने, ‘राजा ज्ञानेन्द्र आफ्नो पिता महेन्द्रले जस्तै तानाशाही राजतन्त्र ल्याउन चाहन्थे । संवैधानिक नभएर कार्यकारी राजतन्त्रको लोभ पालेका थिए । एक पटक उनले निरंकुश सत्ताको अभ्यास गर्न खोजे । तर, माओवादी र राजनीतिक दल एकबद्ध भएर राजालाई हटाइदिए । २००६ मा राजा र दलहरुबीच सम्झौता भएको थियो । २००८ मा औपचारिकरुपले हटाइयो । त्यसबेला नेपालमा ठूलो आन्दोलन भएको थियो ।’

रेपछि अर्का अतिथि प्रदीप सिंहले केही ऐतिहासिक प्रसंग निकाले । विगतमा नेपाल हिन्दू राष्ट्र रहेको तत्कालीन भारतीय प्रधानमन्त्री नेहरुलाई मन नपरेको उनले सुनाए । राजपरिवारले भारतसँग निकट हुन नसकेपछि चीनतिर फर्किएको उनको भनाइ थियो ।

प्रकाशित : 12 March 2025 2:13 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ