महोत्तरीमा प्रहरीबाटै बालिकामाथि बलात्कारको प्रयास, अबस्था तनावग्रस्त !


जनकपुरधाम । महोत्तरीमा सशस्त्र प्रहरीले नै १० वर्षीया बालिकामाथि बलात्कारको प्रयास गरेको घटना सार्वजनिक भएको छ ।

लोहारपट्टी नगरपालिका ४ स्थित सशस्त्र प्रहरी रेल्वे ट्रयाक पोस्टका सई धर्मेन्द्र सिंहले बालिकालाई बलात्कारको प्रयास गरेको आरोप लागेको हो । यो घटनापछि अहिले स्थानीय प्रहरी पोस्ट घेराउ गरेका छन् ।

स्थानीयले पोस्ट घेराउ गरेपछि आरोपी सई सिंहलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । पोस्ट घेराउ गर्दै स्थानीयले प्रदर्शनमा उत्रेपछि अबस्था तनावग्रस्त बनेको छ ।

स्थानीयले सशस्त्र पोस्ट र गाडीमा तोडफोडको प्रयास गरेका छन् ।

प्रकाशित : २०८१ चैत्र १, शुक्रबार १४:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ