मधेसका मुख्यमन्त्री सिंह महामुर्ख घोषित, रामरिझन बने लोढाशंकर


जनकपुरधाम । मिथिला नाट्यकला परिषद् (मिनाप)जनकपुरधामले मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह ‘महामूर्ख’ घोषणा गरेको छ ।

होलीको अवसरमा जानकी मन्दिरमा मिनापले आयोजना गरेको ‘महामूर्ख सम्मेलन’मा मुख्यमन्त्री सिंहलाई ‘महामूर्ख’ घोषणा गरियो । उनलाई प्रशस्ती पत्र, तरुल तथा अन्य तरकारीको माला तथा टाउकोमा विशिष्ट प्रकारको टोपीले सुशोभित गरिएको छ ।

२०६१ सालदेखि मिनापले व्यङ्गात्मक दुई दिवसीय कार्यक्रम ‘महामूर्ख’ सम्मेलन गर्दै आएको छ । सो सम्मेलनमा यसवर्ष मुख्यमन्त्री सिंहलाई ‘महामूर्ख’ घोषणा गर्दै सम्मान गरिएको छ ।

मिनापले पहिलो पटक २०६१ मा मैथिली कवि नरेश ठाकुरलाई महामुर्ख घोषणा गर्दै सम्मान गरेकौ थियो । होली पर्वको पौराणिक गाथा, ख्यालठट्टा र मैथिली भाषामा गाइने जोगिरा गीतको संरक्षण गर्न ‘महामूर्ख सम्मेलन’ आयोजना गर्दै आएको मिनापले जनाएको छ ।

यसवर्ष सम्मेलनमा कसलाई के उपाधीसहित सम्मानित भए ? हेर्नुहोस्-

मैथिलीका प्रसिद्ध साहित्यकार सियाराम झा सरस- पटमुर्ख
जनकपुरधाम उपमहानगरपालिका उपप्रमुख किशोरी साह- हराशंख
रामरिझन यादव- लोढाशंकर
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव राजेशकुमार मिश्र- बालबोध
वीरगंज महानगरपालिकाका प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण- बज्रकीट
चिकित्सक रामविनय चौधरी- खबसुरता
मिथिला चित्रकार सीतादेवी कर्ण- गनपसारैन भेटनरीको चिकित्सक डा. पिंकी मण्डल- मनतोरिया
नेपाल बार एसोसिएसन जनकपुरधामका अध्यक्ष विमलकुमार मिश्र- पवित्र पापी
कृष्ण चौधरी- सोटाचन्द
जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी- खेसारी लाल
नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन गुप्ता- डपौरशंख
सम्वाद फाउण्डेसनका अध्यक्ष कुमार भाष्कर- तरघुसना

प्रकाशित : २०८१ चैत्र १, शुक्रबार २०:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ