सबैलामा पनि महामुर्ख सम्मेलन, रामचन्द्र जयसवाल महामुर्ख घोषित


धनुषा । होलीको अवसरमा श्री माँ दुर्गा सामुदायिक सिकाई केन्द्र सबैलाले सामूहिक होली मिलन तथा महामुर्ख सम्मेलन कार्यक्रम सम्पन्न गरेको छ ।

सबैला बजारस्थित सार्वजनिक मञ्चमा सम्पन्न कार्यक्रममा ग्रामीण भेगका कलाकारहरुको होली गित अर्थात् जोगिरा गाएर होली मिलन कार्यक्रम सम्पन्न भएको हो ।

श्री माँ दुर्गा सामुदायिक सिकाई केन्द्र सबैलाको अध्यक्ष हरेराम यादवको अध्यक्षतामा रंगहरूको पर्व होली मार्फत बन्धुत्व भावना विकासका उद्देश्यका साथ यसकार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा लोकतान्त्रिक पार्टीको सबैला नगर अध्यक्ष रामचन्द्र जयसवाल, नेपाली काङ्ग्रेस सबैलाको सभापति खटरु यादव, नेकपा एमाले पार्टीको सबैला नगरपालिकाको पुर्व नगर कमिटी अध्यक्ष जगदीश यादव, सबैला नगरपालिका वाडा नम्बर ११को वार्ड अध्यक्ष सरोज यादव, साविक  गाविस सबैलाको प्रधानपञ्च रामबली साह, रोयल बोर्डिङ स्कुलको संचालक शम्भु नायक र ब्यापारी, बुद्धिजीवी, पत्रकार, समाजसेवी, स्थानीयलगायतको उपस्थितिमा एक अर्कामा सौहार्दपूर्ण वातावरणमा रंग खेल्दै शुभकामना साटासाट गरि हर्षका साथ होली पर्व मनाइएको थियो ।

कार्यक्रममा महामूर्ख प्रतियोगिता समेत आयोजना गरिएको थियो । जसमा लोकतान्त्रिक समाजवादी पार्टीको सबैला नगर अध्यक्ष रामचन्द्र जयसवालले समाजिक क्षेत्रमा गरेका कार्यहरूको प्रशंसा गर्दै उनलाई ठट्टास्वरुप महामूर्खको उपाधि प्रदान गरिएको कार्यक्रमका आयोजक हरेराम यादव बताए ।

प्रकाशित : २०८१ चैत्र २, शनिबार ०९:४४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ