देशलाई अभिभावकको रुपमा राजा आवश्यक छ : कालीबाबा


काठमाडौं । धार्मिक अभियन्ता बाबा कालीदासले अभिभावकको रुपमा राजा देशलाई आवश्यक भएको बताएका छन् ।

आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाहले धर्मराज युद्धिष्ठिर र राजा रामको जस्तो त्याग गरेको बताए । आफू हिन्दु राष्ट्रको पक्षमा रहेको उनले बताए ।

राजा आउने वा नआउने भन्नेबारेमा जनताले चाहने कुरा भएको उनले बताए । अहिलेका नागरिकहरुमा जनशक्ति जागृत भएको र छिट्टै राजतन्त्र फर्किनसक्ने उनले बताए ।

भारतीय सञ्चारमाध्यमहरु र नेपालका सञ्चारमाध्यमहरुले पनि राजततन्त्रको बारेमा वकालत गर्ने गरेको भन्दै छिट्टै नै राजतन्त्र फर्किनसक्ने उल्लेख गरे ।

प्रकाशित : 16 March 2025 5:38 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ