महोत्तरीमा जीप चढेर आएका डाकाहरु सुनचाँदी पसल लुटे, पडौल बजार बन्द


जनकपुरधाम । जीप चढेर आएका लुटेराहरुको समूहले महोत्तरीमा सुनचाँदी पसल लुटेपछि व्यापारी आन्दोलित बनेका छन् ।

बलवा नगरपालिका ३ पडौल बजारस्थित सुनचाँदी पसल (शिवशान्ति ज्वेलर्स) लुटेराले लुटेको हो । लुटेराले २० तोला सुन, १ लाख ५० हजार नगद, लकर र क्यामराको हार्डडिस्क समेत लगेको पसल संचालक अरुण कुमार साहले बताए ।

स्थानीयका अनुसार शनिवार राति पसल लुट्न जीप चढेर ५ जना लुटेरा आएका थिए । लुटेराले पसलको ताला फोडेर लुटपाट गरे । लुटेराहरु बर्दिबासतर्फ भागेको अन्य पसलको सिसिटिभी क्यामेरामा कैद भएको छ ।

प्रहरी प्रशासनले सुरक्षा दिन नसकेको भन्दै स्थानीय व्यापारीहरु बजार बन्द गरेका छन् । सडकमा टायर बालेर उनीहरु प्रदर्शनमा उत्रेका छन् ।

प्रकाशित : २०८१ चैत्र ४, सोमबार १२:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ