नेपाल प्रहरीको आईजीपीमा दीपक थापा नियुक्त


काठमाडौं । मन्त्रिपरिषद्को आजको बैठकले नेपाल प्रहरीको महानिरीक्षक ९आईजीपी०मा प्रहरी अतिरीक्त महानिरीक्षक दीपक थापालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । २०५२ भदौ १९ मा प्रहरी सेवामा प्रवेश गरेका दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङ आइजीपीका दावेदार थिए ।

तर पहिलो नम्बरमा परेका थापालाई सरकारले आईजीपी नियुक्त गरेको हो । हालका महानिरीक्षक वसन्तबहादुर कुँवर आज राति १२ बजेदेखि अवकासमा जाँदै छन् ।

नवनियुक्त प्रहरी महानिरीक्षक थापा २०५२ साल भदौ १९ गते इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका थिए ।

उनी २०६३ भदौ ८ गते डीएसपी बने । २०७२ साउन ८ मा एसपी बनेका उनी २०७५ फागुन ६ मा एसएसपीमा बढुवा भए । २०७९ असार १७ मा डीआईजी बनेका उनी २०७९ चैत ६ मा एआईजी भएका थिए ।

नेपाल प्रहरीको प्रमुख बन्दै दीपक थापा !

प्रकाशित : २०८१ चैत्र ४, सोमबार १९:०२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ