राजविराजमा आगलागीबाट तीन घर र फर्निचर उद्योग जल्यो, लाखौंको क्षति


राजविराज । सप्तरीको सदरमुकाम राजविराज नगरपालिकामा भएको आगलागीबाट लाखौंको क्षति भएको छ ।

नगरपालिकाको वडा नम्बर ६ खर्साल टोलमा सोमबार दिउँसो भएको आगलागीबाट एक फर्निचर उद्योग र तीन वटा घर जलेको प्रहरीले जनाएको छ ।

स्थानीय दुबीलाल यादवको घरमा विद्युत सर्ट भई लागेको आगोले उनको तीन घर जलेको छ । उक्त आगोले छिमेकी सुरेश शर्माको फर्निचर उद्योग जलेर नष्ट भएको छ ।

दुबीलालको घरसहित नगद रु ५० हजारसहित गरगहना, लत्ताकपडा, खाद्यान्न सबै जलेर नष्ट भएको छ ।

आगोले शर्माको फर्निचर उद्योगमा राखिएका लाखौंको काठ र फर्निचर तथा काठ चिरान गर्ने दुई वटा मेशिन समेत जलेर नष्ट भएको उनले बताएका छन् ।

प्रहरीका अनुसार शर्माको रु ४ लाखभन्दा बढी र यादवको रु ८ लाखभन्दा बढीको सम्पत्ति आगोमा जलेर नष्ट भएको छ ।

आगोलाई स्थानीय बासिन्दा, प्रहरी र दकमलको सहयोगमा नियन्त्रणमा आएको छ । हाबाहुरी तिब्र बगिरहेको समयमा आगलागी भएको थियो ।

प्रकाशित : २०८१ चैत्र ५, मंगलवार ०९:४४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ