रौतहटको जनज्योति बहुमुखी क्याम्पसमा नेविसंघको प्यानल विजयी, सभापतिमा नौसाद


रौतहट । चन्द्रनिगाहपुरस्थित जनज्योति बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ)को प्यानलै विजयी भएको छ ।

सभापतिमा नेविसंघका मोहम्मद नौसाद आलम बाजी मारेका हुन् । उनले १ हजार १७४ मत प्राप्त गर्दै जित हात पारे ।

आलमका निकटतम प्रतिस्पर्धी अनेरास्ववियुका दामोदर उप्रेतीले २०३ मत र अखिल क्रान्तिकारीका अजय पटेलले मात्र १७० मत पाए ।

सचिवमा नेविसंघका शाहिल पुरी र कोषाध्यक्षमा पनि नेविसंघकै सम्झना कुमारी चौधरी विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

सदस्य पदमा पनि नेविसंघले आफ्नो वर्चस्व कायम राखेको छ । नेविसंघका विकास कुमार दास, आर्जु भट्टराई, रोहन श्रेष्ठ, पुष्पा कार्की, ऋतिक सिंह, रोजिना कुमारी काफ्ले र सुशील कुमार विजयी भएका छन् ।

प्रकाशित : २०८१ चैत्र ६, बुधबार ०९:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ