राजविराजको मबिब क्याम्पसको स्ववियू सभापतिमा पुन: रंजित यादव विजयी


लहान । सप्तरीको राजविराजस्थित महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा पुन: रंजित यादव बाजी मारेका छन् ।

समाजवादी विद्यार्थी युनियन र अखिल क्रान्तिकारीको संयुक्त प्यानलबाट यादव दोस्रो पटक सभापतिमा उम्मेदवारी दिएका थिए । उनले ३९३ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदबार बिनय यादवले ३३२ मत ल्याए । अनेरास्ववियूकी मनिषा कुमारी साहले ३३१ मत पाइन् ।

सचिवमा मुकेश कुमार साह र कोषाध्यक्षमा कंचन कुमारी ठाकुर निर्वाचित भएकी छन् । उनी दुबैजना समाजवादी विद्यार्थी युनियन र अखिल क्रान्तिकारीको संयुक्त प्यानलकै छन् ।

प्रकाशित : २०८१ चैत्र ६, बुधबार १०:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ