दुर्गा प्रसाईंको आरोप- ट्रकबाट बरामद २५ करोड विदेशी रकम माओवादीको हो


काठमाडौं । राजावादी दुर्गा प्रसाईले टोखाबाट बरामद २५ करोडभन्दा बढीको विदेशी मुद्रा तस्करीमा माओवादीको संलग्नता रहेको आरोप लगाएका छन् ।

बुधवार पत्रकार सम्मेलन गर्दै प्रसाईले यस्तो आरोप लगाएका हुन् । उनले यस्तो रकम दिनहुँ तस्करी भइरहेको र यसमा ठूला नेताको संलग्नता रहेको दावी समेत गरे ।

प्रसाईले पछिल्लोपटक समातिएको रकम माओवादीको भएको र माओवादीनिकट तिब्बतीले लगिरहेको बताए । अवैधरुपमा चीनमा रकम जाने र त्यताबाट सुन भारत जाने गरेको उनको दावी छ ।

उनले चैत १५ गते राजा फर्काउनका लागि जनविद्रोह थालिने दावी गरेका छन् ।

प्रकाशित : २०८१ चैत्र ६, बुधबार १२:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ